काठमाडौं,चैत २३ । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने भएका छन् । दलको नेतामा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल भिड्ने भएका छन् । दुवै नेता उम्मेदवारी दर्ता गर्न विहान ११ बजे पार्टीको संसदीय दलको कार्यालयमा रहेको निर्वाचन समितिको कार्यालयमा जाने भएका छन् । निर्वाचन समितिले आज विहान ९ बजे देखि १२ बजे सम्म उम्मेदवारी दर्ताको समय तय गरेको छ ।
निर्वाचन समितिका अनुसार संसदीय दलको नेताको उम्मेदवार बन्न २५ हजार रुपैयाँ शुल्क लाग्नेछ। त्यस्तै चैत २६ गते हुने संसदीय कार्यसमितिका लागि उम्मेदवार बन्न ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
बुधबार बिहान ११ बजेदेखि मतदान हुने भएको छ। दल कार्यसमितिको निर्वाचन यही चैत २६ गते गर्ने मिति तय भएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्गलबार १२:३० बजे गरिनेछ । १२:३० बजेदेखि १ बजेसम्म नामावली उपर दाबी विरोध, दोस्रो नामावली प्रकाशन १ बजेदेखि १:३० बजेसम्म, नाम फिर्ता लिने समय १:३० बजेदेखि २ बजेसम्म र अन्तिम नामावली प्रकाशन २ बजेपछि गरिनेछ । २०७० साल माघ १२ गते आइतबार भएको संसदीय दलको नेताको निर्वाचनबाट निर्वाचित भएका पार्टीका तत्कालिन सभापति सुशील कोइरालाको निधन भएकाले फेरी निर्वाचन गर्नु परेको हो ।


0 comments:
Post a Comment