गृहमन्त्रालयले दियो दुई थान हतियारसहित सयौं गोली राख्ने अनुमति

By

काठमाडौं,बैशाख ४ । फौजदारी अभियोग लागेको र समाजमा असुरक्षा देखिने व्यक्तिलाई नै जिल्ला प्रशासन कार्यालय काठमाडौंको सिफारिसमा गृह मन्त्रालयले दुई थानभन्दा बढी हतियार र सयौं थान गोली राख्न अनुमति दिएको फेला परेको छ । प्रहरी र अनुसन्धान गर्ने निकायमा संगठित अपराधीको सूचीमा रहेका व्यक्तिलाई गृह मन्त्रालयले बढि मार क्षमताका दुई थान हतियार राख्ने अनुमति दिएको खुलेको हो । अपहरण र फिरौती आरोपमा पक्राउ गरी कारागारमा ६ महिना बिताएका बाबु भनिने विश्वक्रान्ति सिंहलाई जेल मुक्त भएको केही महिनामै गृह मनत्रालयले दुई थान आधुनिक हतियार र तीन सय गोली राख्न अनुमति दिएको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

0 comments:

Post a Comment