झापा गोल्डकपको उपाधि आर्मीलाई

By

झापा,चैत २७ । मोफसलकै सर्वाधिक पुरस्कार राशिरहेको झापा गोल्ड कप फुटबलको उपाधि नेपाल आर्मी क्बलले  जितेको छ।  नवयुग श्रेष्ठको गोलमा आयोजक झापालाई १–० ले पराजित गर्दै नेपाल आर्मी क्लबले झापा गोल्डकपको उपाधि उचालेको हो । नेपाल आर्मीले यो सिजन उचालेको यो पहिलो उपाधि हो। आर्मीलाई दिलाउने क्रममा नवयुगले खेलको १८ औं मिनेटमा गोल गरेका थिए । उपाधिसँगै आर्मी ६ लाख रुपैयाँ नगद हात पारेको छ।

0 comments:

Post a Comment