काठमडौं,बैशाख ४ । आइसीसी विश्व लिग च्याम्पियनसीप लिगमा नेपालले पहिलो जित दर्ता गरेको छ । घरेलु मैदानमा नेपालले नामिबियालाई ५ विकेटले हराउदै पहिलो जित निकालेको हो । नेपालको जितका लागि शरद भेसवाकर र बिनोद भण्डारीले महत्वपूर्ण ११३ रनको साझेदारी गरे । ९९ बल खेलेका शरदले ५० रन पूरा गरेका छन्। यस्तै भण्डारीले ४९ बलमा ४० रन बनाए। दुबै अभिजित रहे।


0 comments:
Post a Comment