एजेन्सी,बैशाख ५ । इक्वेडरमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । स्थानिय समय अनुसार साँझ ७ बजे गएको भूकम्पबाट ठूलो भौतिक क्षति भएको छ । भूकम्पमा परि मृत्यु हुनेको संख्या ३० नाघेको छ । इक्वेडरका विभिन्न अनलाइनहरुले मृत्युहुनेको संख्या सयौं हुन सक्ने बताएपनि सरकारी अधिकारीहरुले ३० वटा शव प्राप्त भएको र विवरणहरु आउनेक्रम जारी रहेको बताएका छन् ।
सबैभन्दा बढी जनसंख्या रहेको गुयागुली शहरमा आपतकालिन अवस्था घोषणा गरिएको छ । शहरमा सयौंघर भत्कीएको छ । एक पुल भत्किएको ठाउँमा शव भेटिएको र यो समाचार तयार पार्दासम्म भूकम्प गएको आधा घण्टा पछिको विवरणमा भूकम्प लगत्तै सुनामीको चेतावनी जारी गरिएको छ ।
इक्वेडरको दक्षिण क्षेत्रमा पर्ने मुइस्नी कुइटो क्षेत्र भएको गएको भूकम्पको धक्काले त्यस क्षेत्रमा झनै ठूलो क्षति पुर्याएको र सुनामीले त्यस क्षेत्रमा बढी असर पार्न सक्ने अधिकारीहरुले बताएका छन् ।
भूकम्पको केन्द्र भएको क्षेत्रबाट अष्टेलिया, हवाईन आइसल्याण्ड, ताइवान लगायतका देश नजिकमा पर्छ इक्वेडरमा सन् २०१० मा गएको यस्तै शक्तिशाली भूकम्पमा परि ठूलो मानविय क्षति भएको थियो ।


0 comments:
Post a Comment