काठमाडौं,बैशाख १२ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीका केन्द्रीय सदस्य माइला लामा रिहा भएका छन् । शनिबार साँझ राजधानीको कपनबाट गिरफ्तार परेका लामा आज रिहा भएका हुन् । पार्टीको प्रशिक्षण सकेर निस्कदै गर्दा लामासँगै माओवादीका विद्यार्थी नेता चिरञ्जीवी ढकाल पक्राउ परेका थिए ।
विदेश पठाइ दिन्छु भनि पैसा खाने दलाललाई कारबाही गर्ने भनेपछि दलालले गरेको उजुरीको आधारमा शनिबार साँझ पुलिसले उनिहरुलाई गिरफ्तार गरेको नेकपा माओवादीले जनाएको छ । आफ्ना नेतालाई गिरफ्तार गरिएको भन्दै तुरुन्त रिहाइको माग गर्दै विप्लव माओवादीले आन्दोलनको घोषणा गरेको थियो ।
पुलिसले छानविन पश्चात दलाल लाई नै कारबाही अगाडी बढाउने भन्दै लामालाई रिहाई गरेको छ ।
लामाको रिहाई पश्चाल विप्लव माओवादीले घोषणा गरेको कार्यक्रम फिर्ता लिएको छ ।


0 comments:
Post a Comment