काठमाडौं,चैत २२ । इपीएस भाषा परिक्षा मार्फत २०१७ मा कोरिया जाने कामदार छनौटको लागि असारको ४ र ५ गते परिक्षा हुने भएको छ । सोमबार बसेको इपीएस-कोरिया निर्देशक समितिको बैठकले कोरिया जाने कामदार छनौटको लागि भाषा परीक्षाको मिति तोकेको हो । यसअघि असोजमा लिइँदै आएको भाषा परीक्षा (ईपीएस परीक्षा) दसैंको मुखमा परीक्षा सञ्चालन गर्दा व्यवस्थापन गर्न कठिन भएकाले अबदेखि असारमै परीक्षा सञ्चालन गरिन लागेको हो । कोरियामा आकषर्क कमाई हुने भएकाले जान चाहने युवाको संख्या ठूलो मात्रामा रहदै आएको छ ।
यसका लागि बैशाखको १५ देखि १८ गतेसम्म आवेदन फारम खुला गरिने इपीएस शाखाले जनाएको छ । फरम भर्नको लागि एमआरपी अनिवार्य गरिएको छ । फारम संकलनका लागि काठमाडौंमा ५ वटा केन्द्र राखिने र उपत्यका बाहिर डडेलधुरा, बुटवल, पोखरा, धरान र जनकपुरमा पनि आवदेन दिन सकिने शाखाले जनाएको छ । नेपालले सन् २००८ देखि कोरियामा कामदार पठाउन थालेको हो। कोरियाले नेपालसहित विभिन्न १४ वटा मुलुकबाट ईपीएस प्रणालीअन्तर्गत कामदार लिने गरेको छ।


0 comments:
Post a Comment