काठमाडौं,बैशाख १२ । विनाशकारी शक्तिशाली भूकम्प गएको वर्षदिन पुगेकै दिन नुवाकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्पको पराकम्पन गएको छ । राति २ बजेर १६ मिनेटमा नुवाकोटलाई केन्द्रबिन्दु बनाएर ४ दशमलब २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
यससँगै बारपाक केन्द्रबिन्दु बनाई भूकम्प गएको एक वर्षमा ४ रेक्टर भन्दा माथिका ४ सय ५० वटा पराकम्पन गएको छ । निरन्तर पराकम्पहरु नरोकिदा मानिसहरुमा भूकम्पको त्रास कायम रहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गत बर्ष बैशाख १२ गते गएको ७.६ रेक्टर स्केलको भूकम्पको पराकम्पन जाने क्रम अझै रोकिएको छैन ।


0 comments:
Post a Comment