बुद्धजयन्ती मनाउन नरेन्द्र मोदी नेपाल आउने!

By

काठमाडौं,बैशाख १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी ‘वैशाख पूर्णिमा'( बुद्धजयन्ती) मनाउन नेपाल आउने तयारी गरेका छन् । यसअघि दुई पटक नेपाल भ्रमण गरिसकेका मोदीले तेस्रो पटक नेपाल भ्रमण गर्न लागेका हुन् । मोदीले बुद्धजयन्ती नेपालमै मनाउन चाहेको कोलकातामा आधारित पत्रिका टेलिग्राफले जनाएको छ। मोदीले बिहारका मुख्यमन्त्री नितिश कुमारसँगै लुम्बिनी जान चाहेको भारतीय जनता पार्टी स्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएको हो । तर त्यसको अधिकारिक पुष्टी भने भएको छैन । नेपालका परराष्ट्र अधिकारीहरुले भने मोदीको नेपाल भ्रमणबारे आफूहरुलाई कुनै जानकारी नभएको बताएका छन् ।

0 comments:

Post a Comment