काठमाडौं,बैशाख ३ । इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत शुक्रबार राती भएको खेलमा गुजरात लाइन्स विजयी भएको छ । गुजरात लायन्सले पुणे सुपर जायन्ट्सलाई ७ विेकटले पराजित गर्दै लगातार दोस्रो जित निकालेके हो । जितेर पहिले ब्याटीङ गरेको भारतिय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीको पुणेले निर्धारित २० ओभरमा १६३ रन बनाएको थियो। उसकालागि दक्षीण अफ्रिकी टि-२० क्रिकेट कप्तान फाप डुप्लेसीले ६९ रन बनाएका थिए। ४३ बलमा ४ छख्का र ५ चौकाको मदतले डुप्लेसीले उक्त रन बनाएका थिए। केविन पिटर्सनले ३७ रनको योगदान दिएका थिए।
गुजरातका परविण ताम्बे र रविन्द्र जडेजाले २९२ विेकट हात पारेका थिए। जडेजाले ४ ओभरमा १८ रन खर्चिंदै २ विेकट लिएका थिए। जितका लागि पाएको १ सय ६४ रनको लक्ष्य गुजरातले खेल सकिनु १२ बल अघि ३ विकेट गुमाएर भेट्टायो । वेष्टईण्डिजका खेलाडी ड्वायन ब्राभोले १० बलमा २२८ रन बनाएका थिए।एरोन फिन्चले ५० रन बनाएका थिए भने ब्रेण्डन मकलमले ४९ रनको योगदान दिएका थिए। पुणेकालागि मुरुगन आश्विनले २ विेकट लिएका थिए।


0 comments:
Post a Comment