इएल क्लासिकोः रोनाल्डो भर्सेज मेस्सी

By

एजेन्सी,चैत १९ । स्पेनिस क्लब बार्सिलोनाले शनिबार राति ला लिगा रियल मड्रिडको सामना गर्दैछ । रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लब सम्हालेपछि हुन लागेको यो पहिलो एल क्लासिको लागि विश्वले नै महत्वपूर्णको साथ हेरेको छ । आफ्नै घरेलु मैदानमा रियाललाई आतिथ्यता दिँदा बार्सिलोना स्पष्ट जीतको खोजीमा मैदान उत्रदै छ ।

३९ खेलमा अपराजित रहेको बार्सिलोनालाई रियल म्याड्रिडले हराउन सके ला लिगाले रोमाञ्चक मोड लिनेछ ।
बार्सिलोनामा लियोनल मेसी, लुईस सुआरेज र नेइमारजस्ता विश्वकै उत्कृष्ट खेलाडी छन् । तर तीनै खेलाडी भर्खरै मात्र आ–आफ्नो देशका लागि विश्वकपको छनोट खेल खेलेर फर्किएका छन् । तर, डिफेण्डर म्याथुले यो सिजनका बाँकी खेलहरु गुमाउने भएका छन् । बार्सिलोनाको गोलकिपर ब्राभो भन्दा अगाडि डिफेन्स लाइनमा जोर्डी अल्बा, ड्यानी अल्भेस, जेरार्ड पीके र मासेरानो हुनेछ । अनुभवी खेलाडीका साथ बार्सिलोना उच्च मनोबलको साथ मैदान उत्रने छन् । बार्सिलोनाले खेल जितेमा प्रशिक्षकको परीक्षामा जिनेदिन जिदान फेल हुनेछन् । च्याम्पियन्स लिगमा रियाल म्याड्रिडले एएस रोमालाई हराएपछि जिनेदिन जिदानमाथिको दबाब कम भएको । तर स्पेनिस ला लिगामा रियाल म्याड्रिड बार्सिलोनाभन्दा निकै पछि छ ।
क्रिष्टियानो रोनाल्डो ,बेल तथा लुकास भाजक्वेज जस्तो ठूला हतियारको साथ मैदान उत्रन लागेको रियलपनि बार्सिलोनालाई चुनौती दिने दाउमा रहेको छ ।

रियल मड्रिडको गोलपोष्ट नाभासले सम्हाल्नेछन् भने डानिलो, रामोस्, पेपे र मार्सेलोले डिफेन्स लाइन सम्हाल्नेछन् भने मिडिफिल्डमा टोनी क्रुज र लुका मोडरिक हुनेछन् । फवार्ड लाइनमा भने बेलसँगै करिम बन्जिमा र रहनेछन् ।

रियाल र बार्सिलोनाबीचको खेललाई रोनाल्डो र मेस्सीको भिडन्तको रुपमा लिईन्छ । रियाल म्याड्रिडले यस सिजन घर बाहिर राम्रो खेलेको छैन् । बेनिटेज प्रशिक्षक छदाँ नै रियाल घरबाहिर कमजोर देखिएको थियो र जिदानको प्रशिक्षणमा पनि यो क्रम जारी छ ।

0 comments:

Post a Comment