प्रचण्डका वरिपरि बाबुरामका सुराकी !

By

काठमाडौं,चैत २२ । जीवनभर परख गरेको सिद्धान्त र पार्टीलाई भत्किएको घरको संज्ञा दिदै नयाँ पार्टी बनाउन जोडतोडका साथ लागिपरेका डा. बाबुराम भट्टराईलाई पछ्याउदै धेरै एमाआदी नेता तथा कार्यकर्ताले भट्टराईलाई साथ दिएका छन् । एमाओवादीमा रहदा बाबुरामलाई साथ दिदै आएका केही भने अझै पनि एमाओवादीमै छन् । विगतमा बाबुरामलाई सघाएका यी अनुहारले के बाबुरामलाई चटक्कै छाडिसकेका हुन् त ? धेरैले यस्तो प्रश्न गरिरहेका बेला एमाओवादीभित्र बाबुरामले केही सुराक परिचालन गरेको र उनीहरु कुनै पनि बेला नया शक्तिमा जाने चर्चा छ ।

स्रोतका अनुसार, बाबुराम एमाओवादीमा रहदा उनलाई नजिकबाट सघाएका धेरै नेता सगै गएका भए पनि केही नेता तथा सांसद् भने अझै पनि एमाओवादीमै बसिरहेका छन् । उनीहरु एमाओवादी गतिविधिमै औपचारिक रुपमा संलग्न रहेको देखिए पनि भित्रभित्रै भने पेरिस डा“डामा बसेर एमाओवादीकै सुराक गरिरहेका छन् ।

स्रोतका अनुसार, ज्यूज्यान एमाओवादीमा भए पनि मनचित्त भने बाबुराममा रहेका नेतामा व्यवस्थापिका संसद्का सांसद् र एक समितिको सभापतिसमेत रहेका प्रभु साह अग्र पंक्तीमा छन् । लामो समय बाबुरामको वरिपरि रहेर काम गरेका र बाबुरामकै आशिर्वादमा मन्त्रीसमेत भइसकेका साह हिजोआज एमाओवादीका सांगठनिक गतिविधिमा खासै सक्रिय छैनन् । एमाओवादीकै तर्फबाट सांसद् र एक समितिको सभापति रहेका साह एमाओवादीमा रहे पनि उनले भित्रभित्रै भने नया“ शक्तिको काम गर्दै आइरहेका छन् । ‘साह बाबुरामस“ग नगए पनि उनी अहिले पार्टीको काममा कम र नया“ शक्तिको योजनामा बढी काम गरिरहेका छन्,’ एमाओवादी स्रोतले भन्यो । साह व्यवस्थापिका संसद्को सांसद् र एक समितिको पद नया“शक्तिमा जानेबित्तिकै छाड्नुपर्ने भएकाले तत्काल नगएको र आउ“दा दिनमा बाबुरामकै नया“ शक्तिमा जाने सोचमा छन् । उनले आफू नजिकका स“ग अब एमाओवादीको भविष्य नरहेको र नया“ शक्ति नै अबको ठूलो राजनीतिक दल हुने बताउने गरेका छन् ।

एमाओवादीको समानुपातिक कोटाबाट सांसद् बनेका भक्ति पाण्डे पनि बाबुरामको खास मान्छे मानिन्छन् । उनी बाबुरामकै कोटाबाट समानुपातिकतर्फ सांसद् बनेको बताइन्छ । तर, उनी बाबुरामले पार्टी छाडेर नयाँ शक्तिमा लागेका छैनन्, एमाओवादीमै छन् । लामो समय अस्वस्थ भएर अस्पताल भर्ना भएका पाण्डेका छोरा विश्वदीप बाबुरामका स्वकीय सचिव छन् । उनी तत्काल नया“ शक्तिमा जाने सोचमा नरहेको बताइन्छ । एमाओवादीभित्र पाण्डेलाई पनि नया“शक्तिमा जान सभासद्ले अड्काएको विश्लेषण गर्दै बाबुरामको सुराकीको रुपमा हेर्ने गरिएको छ ।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रवीन्द्रप्रताप साह पनि बाबुरामप्रति सहानुभूति राख्छन् । शहिदको कोटा किनेर सांसद् बनेको आरोप खेप्दै आइरहेका शाहलाई पनि पेरिसडा“डामा बसेर एमाओवादीको सुराक गर्ने बाबुरामको खास मान्छेहरुको सूचीमा एमाओवादीले राखेको छ । शाहले भित्रभित्रै बाबुरामलाई सघाएर सहयोग गर्ने गरेको स्रोतको दाबी छ ।

यीबाहेक अन्य केही व्यक्तिहरुलाई पनि एमाओवादीले बाबुरामको सुराकीको रुपमा राखेको छ । विगतमा बाबुरामनजिक रहेर काम गरेकाहरुलाई अहिले पेरिसडा“डाले पूरै विश्वास नगरी उनीहरुको गतिविधिमाथि भित्रभित्रै निगरानी राखेको स्रोतको दाबी छ । स्रोतका अनुसार यसरी निगरानीमा पर्नेको संख्या केही दर्जन छ । ‘बाबुरामलाई विगतमा नजिकबाट सघाएकाहरुलाई एमाओवादी नेतृत्वले कुनै पनि बेला जान सक्ने र पार्टीहितविपरीत काम गर्न सक्ने अनुमानका आधारमा विशेष निगरानी गरेर व्यवहार गरिरहेको छ,’ स्रोतले भन्यो, ‘विगतमा बाबुरामको पक्षमा रहेकाहरुलाई एमाओवादीले खासै विश्वास गरेको छैन ।’ आजको साँघु साप्ताहिकले खबर छापेको छ ।

0 comments:

Post a Comment