एजेन्सी,बैशाख ११ । बिहारको औरंगावाद जिल्लामा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । दाउदनगर प्रखंडस्थित तरार गाँउको शुक्रबार दिउँसोहरिनगर टोलमा भएको थियो । दाउदनगरका एक सरकारी अधिकारीले पुष्टि गरे अनुसार मृतको संख्यामा बृद्धि हुनसक्ने जनाईएको छ ।
एक आपसमा जोडिएका तीन घरमा आगलागी भएको थियो । बाबाहिर निस्कने ढोकाबाट आगो लागेका कारण घर भित्र रहेका मानिस निस्कन पाएका थिएनन् । आगलागी भएको घरमा तिलक समहारोहका लागी आएका आफन्त र परिवारजनको जमघट रहेको जनाइएको छ । आगलागीको कारणबारे केही खुल्न सकेको छैन ।


0 comments:
Post a Comment