जुम्ला, चैत २९ । नेपाल एयरलाइन्सको विमान जुम्ला विमानस्थलमा ठूलो दुर्घटनाबाट बचेको छ । जुम्लाबाट नेपालगञ्ज उड्न लागेको विमानको नोज गिएर(अगाडीको पांग्रा)को तार चुँडिएको थियो ।
त्यसपछि जहाजमा चालक दलले नियन्त्रण गुमाएका थिए र जहाज धावनमार्गबाट बाहिर जान लागेको थियो । त्यहिँ बेला चालकले विमानको इन्जिन बन्द गरेर बिमान धावनमार्गमा नै रोकेका कारण ठूलो दुर्घटना टरेको छ ।
यो बिमान नेपालगञ्जबाट यात्रु लिएर जुम्ला आई पुन नेपालगञ्ज फर्कन लागेको थियो । नेपालगञ्ज उड्न लागेको जहाजमा १६ जना यात्रु र चालक दलका सदस्य थिए ।
बिमान बिग्रिएपछि अहिले जुम्ला विमानस्थलमै रोकिएको छ । यात्रु तथा चालक दलका सदस्य पनि रोकिएका छन् । विमानको विग्रिएको सामान काठमाडौंबाट मगाएको र मंगलबार बिहान सामान आएपछि विमानलाई मर्मत थालिने विमानस्थल कार्यालयले जनाएको छ ।
unn.com.np


0 comments:
Post a Comment