एजेन्सी,बैशाख ९ । स्पेनिस ला लिगामा बार्सिलोनाले गोलको वर्षा गरेको छ । लगातार तीन खेलको पराजित यात्रापछि बुधबार राति भएको खेलमा बार्सिलोनाले डिप्रोटिभो डी ला कोरुनालाई ८–० ले पराजित गरेको हो । डिपोर्टिभोको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना लुइस स्वारेज एक्लैले चार तथा रिकिटिक, मेस्सी र नेइमार र बार्ट्राले एक एक गोल गरे ।
जितपछि शीर्ष स्थानको बार्सिलोनाको लिगका चार खेलबाँकी हुँदा ७९ अंक भएको छ । समान ७९ अंक भएको एथ्लेटिको मड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ भने तेस्रो स्थानको रियल मड्रिडको ७८ अंक छ ।


0 comments:
Post a Comment