काठमाडौं,चैत २५ । हार्छुभन्दाभन्दै पनि नेता रामचन्द्र पौडेल संसदीय दलको नेतामा उम्मेदवार बन्दै पराजित भएका छन् । एक महिना अघि उनै पौडेल देउवासँगै पराजित भएका थिए ।
१. प्रतिपक्षी दलको प्रतिपक्षी नेता बन्ने रणनीति
रामचन्द्र पौडेललाई थाहा थियो– संसदीय दलको निर्वाचन जितिन्न । तर, देउवासाग प्रतिस्पर्धा गर्न अरू कसैलाई पठाउादा उही नै शक्तिकेन्द्र बन्ने भय उनलाई थियो । महाधिवेशन र दलको चुनावमा हारे पनि देउवाको प्रतिस्पर्धी पौडेलबाहेक अरू कोही छैन भन्ने उनी पुष्टि गराउन चाहन्थे ।
२.कोइराला परिवारको मनोविज्ञान
सुशील कोइरालाको उत्तराधिकारी बन्न खोजेका शशांक, शेखर र सुजाताले बाध्य भएर महाधिवेशनमा पौडेललाई नेता मान्नुपर्यो । दलको नेतामा अर्कोलाई अघि सार्दा ऊ पनि अगुवा बन्छ भन्ने कोइराला परिवारको मनोविज्ञानले अरूलाई अगाडि आउन दिएन । पौडेल नै उम्मेदवार भए ।
३. प्रकाशमान र रामशरणको स्वार्थ
प्रकाशमान सिंह र डा. रामशरण महत संसदीय दलको उम्मेदवार हुन चाहन्थे । यसपालि पराजित भए पनि पुरानो संस्थापनको नेता हुन सकिन्छ भन्ने उनीहरूको आाकलन थियो । तर, आफूले नपाउने अवस्थामा आफूसरहको अर्को नेता अगाडि नजाओस् भन्नेमा पनि यी दुवै चनाखो थिए । त्यसैले उम्मेदवारको रूपमा पौडेलको विकल्प भएन ।
चुनावको सन्देश
महाधिवेशनमा पौडेल समूहबाट महामन्त्रीमा उठेका शशांक कोइरालाले आठ सय मतान्तरले जिते । जिल्ला राजनीतिमा सीमित सीतादेवीले समेत उनकै समूहबाट कोषाध्यक्षमा जितिन् । तर, पौडेलले पाँच सय २६ मतान्तरले हार्दा उनलाई पुरानो संस्थापनका सबैले नेता मानेनन् भन्ने त्यतिवेलै पुष्टि भएको थियो । तर, दलको निर्वाचनसम्म आइपुग्दा पौडेलले पुरानो संस्थापनलाई एकतिहाइ मतमा झारे ।
संसदीय दलको नेतामा शेरबहादुर देउवालाई निर्विरोध छाडेर सहमतिका लागि नैतिक दबाब दिने अस्त्र पौडेलसँग थियो । त्यसो गर्दा पुरानो संस्थापन यति कमजोर भयो भनेर छर्लंग देखिने थिएन । तर, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले नेतृत्व गरेको समूहलाई यति छिट्टै एकतिहाइमा खुम्च्याएको अपजस पक्कै पनि पौडेललाई जान्छ । यो चुनावपछि उनी त्यसो समूहका नेता रहिरहन राजनीतिक रूपमा पनि समस्या छ ।
-नयाँ पत्रिका


0 comments:
Post a Comment