नयाँ शक्तिको नयाँ जोश -‘आर्थिक संकलनका लागि घरदैलो अभियान चलाउने’

By

काठमाडौं,बैशाख २ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आर्थिक सहयोग संकलनका लागि घरदैलो कार्यक्रम नै गर्ने भएको छ । आउँदो जेठ ३० देखि ३२ सम्म राष्ट्रिय भेला गर्न लागेकाले आर्थिक संकलनका लागि २ महिने घर दैलो अभियान सुरु गर्न लागेको नयाँ शक्तिका संयोजक भट्टराईद्वारा जारी एक अपिल पत्रमा जनाईएका छ ।

भेलाका लागि गर्न लागिएको आर्थिक संकलन र घरदैलो अभियान वैशाख र जेठ गरी दुई महिनासम्म चल्नेछ। भट्टराईद्वारा जारी गरिएको अपिलमा नयाँ शक्ति नेपालका आधिकारिक परिचयपत्र, प्रचार सामग्री र सहयोगका लागि गरिएका अपिलसहित कम्तिमा पाँच जनाको समूह आर्थिक सहयोगका लागि घरदैलौ कार्यक्रममा जाने उल्लेख छ।

भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आर्थिक सहयोग संकलन (चन्दा उठाउन)का लागि कम्तिमा ५ जनाको समूह बनाएर घरदैलो कार्यक्रम नै गरिने बताएको छ । तर, १० हजारभन्दा बढी आर्थिक सहयोग भने बैंक चेकबाट मात्र लिइने अपीलमा जनाएको छ ।

0 comments:

Post a Comment