निलम्बित सभासद साह सिंघानिया हत्याको आरोपी

By

तीन वर्षअघि पाँच जनाको ज्यान जाने गरी गराइएको विस्फोटका मुख्य आरोपी निलम्बित सभासद सञ्जयकुमार साह सञ्चार उद्यमी अरुण सिंघानिया हत्यामा समेत संलग्न रहेको खुलासा भएको छ । सिंघानिया हत्याका मुख्य आरोपी चन्द्रदीप यादवले निलम्बित सभासद साह र उनका सहयोगी रामगोविन्द यादवले १० लाखको ‘सुपारी’ दिएर सिंघानियालाई हत्या गर्न लगाएको बयान दिएका छन् ।

सिंघानिया हत्याका आरोपीहरू निलम्बित सभासद साह, हत्याको जिम्मा लिने तत्कालीन सशस्त्र समूहका नाइके अर्जुन सिंह -प्रकाश विद्यार्थी) भनिने मुकेश चौधरी, गोली प्रहार गर्ने एकलाल भनिने योगेन्द्र सहनी र साहका पूर्वसहयोगी ओम यादवलाई धनुषा ल्याइएको छ । उनीहरू विभिन्न जिल्लाका कारागारमा थिए । पत्रकार सम्मेलनमार्फत बुधबार उनीहरूलाई सार्वजनिक गरिने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सिंघानिया अध्यक्ष रहेको जनकपुर टुडे सञ्चार समूह सम्बद्ध जनकपुर टुडे दैनिक तथा रेडियो टुडेमा प्रकाशित/प्रसारित समाचार तथा रेडियोका प्रबन्ध निर्देशक अनुराग गिरीको जग्गा बिक्रीसम्बन्धी विवादका कारण हत्या गराइएको खुलेको छ । २०६५ भदौ १४ मा जनकपुर-८ रामानन्द चोकस्थित जीवनाथ चौधरीको घरमा भएको डकैतीमा साह तथा प्रहरी उपरीक्षक छविलाल जोशी बञ्जाडे समेतको नाम जोडेर जनकपुर टुडेमा समाचार प्रकाशित भएको थियो ।

उक्त डकैतीमा संलग्नता आरोपमा पक्राउ परेका भरत झाले सार्वजनिक रूपमा दिएको बयान रेडियो टुडेले प्रत्यक्ष प्रसारण गरेको थियो । जनकपुर टुडेमा प्रकाशित समाचारलाई आधार बनाई ०६५ भदौ १८ मा साह समर्थित केही युवाले मिल्स एरियास्थित टुडे सञ्चार समूहको कार्यालयमा तोडफोड गर्दै सम्पादक तथा प्रकाशकलाई ज्यान मार्ने धम्की दिएका थिए । भोलिपल्ट त्यससम्बन्धी समाचार पनि प्रकाशित भएको थियो ।

साहले रेडियो टुडेका तत्कालीन प्रबन्ध निर्देशक गिरीको महेन्द्रनगर सखुवास्थित जग्गा सस्तोमा लिन खोजेका थिए । उक्त जग्गा स्थानीय व्यवसायीको हातबाट महँगोमा बिक्री गर्न लगाउनु पनि हत्याको एक कारण रहेको यादवले बयानमा उल्लेख गरेका छन् । यद्यपि, जनकपुर टुडे वा रेडियो टुडेमा प्रकाशित/प्रसारित समाचारमा सञ्चार समूहका अध्यक्ष सिंघानियाको कुनै हस्तक्षेप नरहेको परिवारका सदस्यको भनाइ छ ।

सिंघानियालाई ०६६ फागुन १७ मा शिवचोकमा गोली हानी हत्या गरिएको थियो । ०६९ वैशाख १८ मा रामानन्द चोकमा गराइएको विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो । दुवै घटना साहकै निर्देशनमा भएको

सिंघानियालाई ०६६ फागुन १७ मा शिवचोकमा गोली हानी हत्या गरिएको थियो । ०६९ वैशाख १८ मा रामानन्द चोकमा गराइएको विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो । दुवै घटना साहकै निर्देशनमा भएको प्रहरीले बताएको छ ।

Source : ekantipur.com

0 comments:

Post a Comment