डोटी,बैशाख १ । डोटीको जिजोडामाण्डौं गाविस- ३ मा बोलेरो जिप दुर्घटना हुँदा कम्तिमा आठजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिजोडामान्डौँ–८ घर भएका ६२ वर्षीय प्रा डा जयराज पन्त, ५५ वर्षीया गुडी पन्त र ५२ वर्षीया सावित्रा पन्तको मृत्यु भएको छ । डा पन्त पद्मकन्या क्याम्पस, काठमाण्डमा प्राध्यापन गर्थिन् ।
यसैगरी, ६१ वर्षीय डा. गणेश पन्त, ५९ वर्षीय केशवराज पन्त र ३६ वर्षीया हरिना टमटाको पनि मृत्यु भएको छ । घटनामा गम्भीर घाइते भएका जिपचालक डोटी जिल्लाकै वनलेक–१ का ४५ वर्षीय चेतराज बलायर र ठेगाना थाहा हुन नसकेकी अन्दाजी १७ वर्षकी जानकी ताम्राकारको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारका क्रममा गएराति नै मृत्यु भएको छ ।
यस्तै, घटनामा ४५ वर्षीया नवरता पन्त, ३० वर्षीय गौरव पन्त, नौ वर्षीय लक्ष्मी नेपाली, ३८ वर्षीय धनबहादुर टमटा, ३८ वर्षकै कलावती टमटा, २२ वर्षीय अनिता टमटा र धौली टमटा घाइते भएका छन् । घाइते सबैलाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा पु¥याइएकामा केही घाइतेलाई थप उपचारका लागि धनगढीतर्फ ल्याइएको छ ।


0 comments:
Post a Comment