काठमाडौं,चैत २३ । उमेर हदबन्दी राख्ने वा नराख्ने भन्नेबारे विद्यार्थी संगठन एकमत हुन नसक्दा त्रिवि स्ववियु निर्वाचन फेरि अन्योलमा परेको छ । कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र एमालेनिकट अनेरास्ववियु उमेर हदबन्दी लागू नगर्ने पक्षमा देखिएका छन् । माओवादीनिकट अखिल क्रान्तिकारी लगायत केही संगठन उमेर हदबन्दी लागू गर्न नहुने भन्दै अडानमा रहेको आजको राजधानी दैनिकमा समाचार छ । यद्यपि, विद्यार्थी संगठनको मत भिन्नताबीच त्रिवि भने बैशाखभित्रै निर्वाचन गराउने तयारीमा लागेको छ ।
निर्वाचन विषय बुझ्न उपकुलपति तीर्थ खनियाँले शिक्षाध्यक्ष सुधा त्रिपाठी संयोजकत्वमा तीन सदस्यीय समितिसमेत बनाएका थिए । विद्यार्थी संगठनसँग छुट्टाछुट्टै तथा संयुक्त बैठकसमेत गरिसकेको समितिले सोमबार नै प्रतिवेदन उपकुलपति खनियाँलार्य बुझाएको छ ।
नेपाल विद्यार्थी संघ पहिलो निर्वाचनमा उमेर हदबन्दी लागू नगर्ने पक्षमा रहेको प्रवक्ता यूपी लामिछाने बताउँछन् । लामो समयदेखि संगठनमा क्रियाशीललाई स्थान दिन नेविसंघ उमेर हद लागू नगर्ने पक्षमा देखिएको हो । उमेरहदमा एमाले निकट अनेरास्ववियु भने कही लचिलो देखिएको छ ।


0 comments:
Post a Comment