एजेन्सी । केही दिन अघि भारतको पतिङगल मन्दिरमा आगलागि हुँदा सयौ मानिसको ज्यान गएको थियो । भारतको कोल्लम जिल्लाका एक प्रमोद भन्ने व्यक्तिको उक्त दुर्घटनामा परेका थिए । दुर्घटना पछि उनको मृत्यु भएको भन्दै उनका परिवारले उनको शव बुझेर दाहसंस्कार गरेका थिए ।
तर दहसंस्कार गरेर घर फर्कन नपाउँदै परिवारका सदस्यलाई उनको फोन आएपछि भने सवैजना आश्चर्यमा परेका थिए ।
भारतीय पत्रिका ‘ द हिन्दुस्तान टाइम्स’ का अनुसार उनी पतिङगल मन्दिरका लागि पटका जम्मा गर्ने ठेकेदारसँग काम गर्दथे । उत्त दुर्घटनामा परेका प्रमोदको शवलाई परिवारले अस्पतालबाट लगेर उनको मृत शरिरको दाहसंस्कार गरेर घर फर्किए । तर उनको अन्त्येष्टि गरेर घर पुगेलगत्तै परिवारका सदस्यलाई फोन आयो र उनी दुर्घटना पछि जिवितै रहेको पाइयो ।
कसरी जिवित रहे उनी ?
मन्दिरमा पटका भण्डार गर्ने स्थानबाटै आगो लागेपछि उनी अचेत भएका थिए । उनको मृत्यु भएको थिएन् । दुई दिनपछि होस आएलगत्तै उनले आफ्नो घरमा फोन गरे । सोमबारराति होस आएपछि उनले मंगलबार फोन गरेका खबर डवलीमा समाचार छ । तर उनले घरमा फोन गर्दा उनको दाहसंस्कार नै परिवारले गरिसकेको थियो । २९ वर्षीय प्रमोदले आफू जिउँदै रहेकोमा आफैलाई आश्चर्य लागेको भन्दै पुर्नजन्म भएको बताएका छन् ।
कसको शव जलाइयो ?
उनीहरुले अर्को कुनै प्रमोद नाम गरेको व्यक्तिको शव लगेर दाहसंस्कार गरेको रिपोर्टमा उल्लेख छ ।


0 comments:
Post a Comment