यौन प्यास मेट्न नपाएपछि चार जनाको हत्या

By

सल्यान,बैशाख १६ । सल्यानको राना गाउँमा एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । यौन सम्बन्ध राख्न नपाएपछि उनिहरुको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले कुकुरको साहायतामा सन्जय भारतीलाई पक्राउ गरेको हो । आफ्नै कोठामा सुतिरहेको अवस्थामा सिता खांण उनको छोरीहरु साढे २ वर्षकी पवित्रा, ११ महिनाकी सविता खांण र खांणको वहिनी शारदा नपा-८ मार्के घर भई साथमै वस्दै आईरहेकी १८ वर्षकी गिता गिरीलाई गाईवस्तु बाध्ने काठको किलोले टाउकोमा प्रहार गरी मारेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

भारतीले प्रहरीलाई दिएको बयानअनुसार मदिराले लठ्ठिएका उनी यौन प्यास मेट्न गाउँ पसेको र त्यही क्रममा चार जनाको हत्या गरेको पाइएको छ । भारतीले सुरुमा करिब २० मिटर तल रहेको एक घरमा बस्ने करिब ६० वर्षीया महिलासँग जर्बजस्ती यौन सम्बध राख्ने प्रयास गरेका थिए । तर प्रतिवाद गरेपछि गाईगोठमा रहेको किलाले आक्रमण गरेर घाइते बनाए । त्यसपछि उनी अर्को घरमा गए, जहाँ सीता खाँडसहित ४ जना महिला९बालबालिका मात्र थिए ।

मदिराले मात्तिएका भारतीले सीता खाँडसँग पनि त्यस्तै व्यवहार गरे । त्यसक्रममा विवाद भयो र भारतीले किलाले आक्रमण गरेर उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सीताको हत्यापछि उनकी बहिनी गीता गिरीसँग जबरजस्ती यौन सम्बन्ध राख्ने प्रयास गरेको र असफल भएपछि आक्रमण गरेको पाइएको छ । उनले आक्रमणपछि पनि गीतासँग यौनसम्बन्ध राख्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले दुईजनाको हत्यापछि साढे दुई वर्षिया छोरी पवित्रा र ११ महिनाकी सविता खाँडको पनि हत्या गरेका थिए ।

0 comments:

Post a Comment