पप्पु गुरुङ्ग-दोधारा,चैत २१ । कञ्चनपुर । २ वटा साईकलको भरमा दोधाराको प्रहरी चौकी बाबाथान स्थानियलाई सुरक्षा दिदै आएका छन् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको मातहतमा रहेको दुई वटा प्रहरी चौकी मध्ये एक दोधाराको बाबाथान प्रहरी चौकी एक हो । एक प्रहरी सहायक निरिक्षक सहित ४ जनाको दरबन्दी रहेको बाबाथान चौकीमा २ थान साईकलको सहायताबाट दोधारा चा“दनीको वडा नंं. ६ देखि १० वडा सम्मका करिव ३० हजार जनसंख्याको बिगत लामो समय देखि सुरक्षा दिदै आएका छन् ।
सरकारले ३५ जना प्रहरी र ५० जना सशस्त्रको भरमा दोधारा चाँदनी नगरपालिकामा सुरक्षा प्रदान गर्दै आएको छन् । ७० हजारको हाराहारीमा रहेको दोधारा चाँदनी नगरपालिकामा सुरक्षा व्यवस्थामा जनसंख्याको आधारमा प्रहरी संख्या तथा श्रोत साधनमा कमी भएको सुरक्षा बिज्ञहरुको भनाई रहेको छ । ईलाका प्रहरी कार्यालयमा एक जिप, एक मोटरसाईकल र केही साईकलहरु छन् ।
यस्तै सशस्त्रको एक जिप मात्रै छ् । प्रहरी चौकी बाबाथानमा जनशक्तीमा कमी हुनुको साथै साधन श्रोतमा समेत कमीको कारण २ वटा साईकलको भरमा सुरक्षा दिनु पर्ने बाध्यता रहेको बाबाथान प्रहरी चौकीका प्रहरीहरुको बिगत देखी गुनासो बन्दै आएको छ । दोधारा चा“दनीमा ५० जना प्रहरी तैनाथ छन् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको कमाण्डमा रहेको दोधाराको बाबाथान प्रहरी चौकी र महाकाली झोलुङ्गे पुल प्रहरी चौकी हुदा हुदै पनि दिना दिनै आउने झै–झगडा लगाएत उजुरी हेर्न सबै प्रहरी कार्यालयमा भ्याई नभ्याई हुन्छ् ।
साधन श्रोतको कमीको कारण समयमा पुग्न असजिलो भएको प्रहरी श्रोतको गुनासो रहदै आएको छ् । प्रहरीले स्रोत साधन अभावमा सुरक्षा व्यवस्था मिलाउन कठिन भएको गुनासो बेलाबखत सुन्नमा आउछ् । दरबन्दी अनुसार प्रहरी र सवारी साधनको अभावले समस्या सिर्जना भएको प्रहरीहरुले बताए । “आवश्यकता अनुसार स्रोत साधन छैन,” नाउ उल्लेख नगर्ने सर्तमा एक प्रहरीले भने,” ग्रामिण क्षेत्रमा सडकको कारण साधन नहुदा तत्काल पुग्न कठिन छ ।” दोधारा चाँदनीको अधिकांश गाविसमा ग्रेबिल सडक भए पनि साईकल चलाउदा मोटरसाईकल अभावमा समस्या सृजना भएको हो । हाल प्रहरी संग अहिले १ जिप र १ मोटरसाईकल र केहि साईकलहरु छन् । मोटरसाईकलको खा“चो देखाउदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले २ मध्ये एक मोटरसाईकल फिर्ता लगेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छन् ।
दोधारा चाँदनीमा प्रहरीको लागि न्यूनतम ३ मोटरसाईकलको अत्यावश्यक भएको प्रहरीहरुको भनाई छ् । भएका गाडी समेत निकै पुराना भएकोले मर्मत् संभार गर्न कठिनाई हुदै आएको छ् । प्रहरीमा आवश्यकता अनुसार सवारी साधन नहुदा घटना घट्ने बित्तिकै प्रहरी पुग्न नसक्दा थप जटिलता आउने गरेको छ । बाबाथान प्रहरी चौकीले कसैलाई पक्राउ गर्न जानु परेमा स्थानियहरुको मोटरसाईकल सहयोगमा मागेर पक्राउ गर्न जानु पर्ने बाधयता रहेको छ् ।


0 comments:
Post a Comment