काठमाडौं,फागुन २४ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनवाट सभापति चुन्नको लागि दोस्रो चरणको मतदान अघि सभापतिका प्रत्यासी रामचन्द्र पौडेल र शेरबहादुर देउवा सहयोगका कृष्ण प्रसाद सिटौलाको निवास पुगेका छन् । पहिलो चरणवाटै बाहिरिएको सिटौला निवासमा विहान सार्ढ ७ बजे रामचन्द्र पौडले र पौडेल निस्केको आधा घण्टा नवित्दै शेरबहादुर देउवा पुगेका छन् ।
पहिलो चरणमा देउवाले ४९.६८ प्रतिशत ल्याए भने अर्का प्रत्यासि कार्यवाहक सभापति रामचन्द्र पौडेलले ३६. ८४ प्रतिशत र महामन्त्री कृष्ण सिटौलाले १०.२९ प्रतिशत प्राप्त गरे भने १ सय मत बदर भए। आवश्यक बहुमत ल्याउन नसके पछि दोस्रो चरणको निर्वाचन देउवा र पौडेलबीच हुने छ। दोस्रो चरणको निर्वाचन पनि रोमाञ्चक हुने देखिन्छ।
सिटौलाले कसलाई सहयोग गर्ने भन्नेमा महामन्त्रीका उम्मेद्वार गगन थापा, कोषाध्यक्षका उम्मेद्वार उमाकान्त चौधरी र काभ्रे पूर्व जिल्ला सभापति शिव हुमागाई लगायतका नेताहरुसंग छलफल गर्दै छन् । आफुनो समूहका नेताहरुसंग छलफल गरेपछी सिटौलाले प्रेस विज्ञप्ती जारी गरेर सहयोग गर्नेबारे आधिकारीक जानकारी दिने बताएका छन् ।


0 comments:
Post a Comment