प्रचण्डमाथि आक्रमणको प्रयास !

By

काठमाडौं,चैत १ । जिल्ला विकास समिति सिरहाको २३ औं जिल्ला परिषदमा प्रमुख अतिथिका रुपमा सिरहा पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् ।

मोर्चाका नेताहरुद्वारा कालो झन्डा देखाउँदै कार्यक्रमस्थलमा आक्रमणको प्रयास भएको आजको समाचारपत्रमा समाचार छ । प्रचण्ड मधेस विराधी भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताद्वारा कालो झन्डा देखाउँदै कार्यक्रमस्थलमा आक्रमणको प्रयास भएको हो ।

जिविसको सभाहलभित्र राखिएको कार्यक्रममा कडा सुरक्षा घेरामा राखिएको कार्यक्रममा प्रचण्ड सहित कांग्रेस एमालेका नेता विरुद्ध मोर्चाका कार्यकर्ताले नाराबाजी गरेका हुन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी श्यामलाल ज्ञवालीका अनुसार प्रमुख अतिथिमाथि कुर्सी फाल्न लाग्दा सुरक्षार्कीहरुले घेरा हालेर बचाएको बताए । प्रचण्ड सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित सभासद् हुन् ।

0 comments:

Post a Comment