काठमाडौं,फागुन २८ । नेकपा क्रान्तिकारी माओवादीका नेताकार्यकर्ताले पार्टी एकताको लागि अवरोध नपुर्याउन अध्यक्ष मोहन बैद्यलाई दबाब दिएका छन् ।पार्टी एकतामा अवरोध पुग्ने प्रकृतिको दस्तावेज नलेख्न पनि उनीहरुले अध्यक्ष वैद्यसँग आग्रह गरेका आजको अन्नपूर्णमा समाचार छ ।
वैद्यले लेखेको दस्तावेजले पार्टी एकतालाई सहयोग नगर्ने भन्दै महासचिव रामबहादुर थापाले तर्क गरेपछि वैद्यको दस्तावेज छलफलकान लागि आगाडि बढ्न नसकेको एक नेताले बताए । माओवादी घटक दलहरुबीचको एकतामा अवरोध पुग्ने किसिमकका कुनै पनि गतिविधि गर्न नहुने पक्षमा उभिएका महासचिव थापाले वैद्यलाई एकता पक्षमा उभिएर दस्तावेज तयार पार्न सुझाव दिएका छन् ।
पार्टी एकताकै विषयमा छलफल गर्न चैत्र १२ गते केन्द्रीय समितिको बैठक बोलाएको केन्द्रीय सदस्य रामदीप आर्चायले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टी एकताका विषयमा तलदेखि माथिसम्मको मनोविज्ञानबारे छलफल हुने छ । उनले भने, अब बस्ने केन्द्रीय समिति बैठकले पार्टी एकताको निर्णय गर्ने छ ।


0 comments:
Post a Comment