सरकारी खर्चमा उपप्रधानमन्त्रीको ‘हुनिमुन ट्रिप’

By

काठमाडौं,फागुन २२ । उपप्रधान एवं महिला बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनाली नजाँदा पनि हुने एउटा कार्यक्रममा भाग लिन सरकारी खर्चमा पत्नी निलम खड्कासमेतको एउटा ठूलो टोली लिएर अमेरिका जाने तयारीमा लागेका छन्।  महिलाको अवस्थाका बारेमा राष्ट्रसंघीय ६० औँ सेसनमा भाग लिनका लागि उनी त्यसतर्फ जान लागेको मन्त्रालय स्रोतले जनाएको छ। मैनालीकै मन्त्रालय स्रोतका अनुसार यस खालको कार्यक्रममा न्युयोर्कस्थित नेपाली स्थायी प्रतिनिधिले भाग लिएमा नै प्रयाप्त हुन्छ। यसो गरिएमा सरकारको खर्च समेत जोगिन्छ।

तर उनी पत्नी खड्का तथा स्वकिय सचिवसहित १६ जनाको टोलीलाई मन्त्रिपरिषदबाट पास गराएर लग्न लागेका हुन्। अन्य केही पनि थपिने सूचीमा रहेको मन्त्रालय स्रोतले बताएको छ। उपप्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका ५ जनाको खर्च सरकारले व्यहोर्ने र बाँकी आफ्नै खर्चमा जाने जनाइएको छ। नेपाल समाचारपत्र दैनिकमा समाचार छ।

0 comments:

Post a Comment