अनन्त र अन्जन आज नेदरल्याण्डस जाने,विमल केहिदिन पछि

By

काठमाडौं,फागुन २९ । टोलीका युवा स्टारद्धय फरवार्ड अन्जन बिष्ट र रक्षक अनन्त तामाङ ट्रायलका लागि आज नेदरल्याण्डस् जाने भएका छन्। स्पेनको मावैला युनाइटेड एफसीमा ट्रायलको अवसर पाएका अन्जन र अन्नत नेदरल्याण्डस पुगेर टोलीमा समावेश हुनेछन्।

मार्वेला युनाइटेडको टोली आइतबारबाट चैत्र ७ गतेसम्म मैत्रीपूर्ण खेलका लागि नेदरल्याण्ड्समा रहने एन्फाले जनाएको छ । सोही क्लवबाट खेल्ने तयारीमा रहेका विमल घर्तीमगरभने केही समयपछि मात्र त्यता जानेछन्।नागरिक दैनिकमा समाचार छ।

0 comments:

Post a Comment