एजेन्सी,चैत १८ । भारतलाई ७ विकेटले हराउँदै वेष्ट इण्डिज टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारतको मूम्बई भएको सेमिफाइनल खेलमा आयोजक भारतलाई ७ विकेटले हराउदै वेष्ट इण्डिज फाइनलमा प्रवेश गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभर खेल्दै १९२ रन बनाएको थियो। भारतले जितका लागि १९३ रनको लक्ष्य प्रस्तुत गरेको थियो, जसलाई वेष्टइण्डिजले अन्तिम चार बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । वेस्टइण्डिजकालागि सिमोन्सले नटआउट रहँदै ५१ बलमा ७ चौका र ५ छक्कासहित ८३ रन बनाए । कार्लेसले ५२ रन, रसेलले ४३ र गेलले ५ रनको योगदान गरे।
वेस्टइन्डिजका भर पर्दा ब्याट्सम्यान क्रिस गेल ६ बलमा ५ रन बनाएको अवस्थामा आउट भएपछि तेस्रो क्रमका अर्का भरपर्दा ब्याट्सम्यान मार्लोन स्यामुयल्स पनि ७ बलमा ८ रन बनाएको अवस्थामा आउट हुँदा खेल भारतको पक्षमा जाने अनुमान गरिएको थियो । भारतकालागि विराट कोहोलीले उत्कृष्ट ब्याटिङ गर्दै नट आउट रहेर ४७ बलमा ८९ रनको योगदान गरेका थिए।
तर कोहोलिको उत्कृष्ट ब्याटिङ भारतको जितका लागि प्रयाप्त बनेन। रोहित शर्माले ४३ रनको योगदान गरे भने अजिन्का राहानेले ४० रन जोडेका थिए। क्याप्टेन महेन्द्र सिं धोनीले नट आउट १५ रन जोडेका थिए। वेष्टइण्डिजका लागि आन्द्रे रूसेल र सामुल बाड्रेले १(१ विकेट लिए


0 comments:
Post a Comment