काठमाडौं,चैत १९ । आज अप्रिलफूल अर्थात अंग्रेजी क्यालेण्डरको अप्रिल महिनाको १ तारिख । आजको दिनमा मानिसहरुले आफूहरुले चिने–जानेका छरछिमेक, इस्टमित्र, नातागोता, साथीभाइ लगायतलाई झूट बोलेर हाँसिमजाक गर्दै आएका छन् ।
यस दिनमा पश्चिमा मुलुकमा वर्षौ अगाडि यस दिनलाई मानिसलाई मूर्ख बनाउने दिन भनेर घोषणा गरिएको थियो । त्यसले अहिले विश्वभरीमा व्यापकता पाएको छ । विशेषगरी बालबालिका र युवा पुस्तालाई यो दिवसले विशेष लोभ्याउने गरेको छ । नेपालमा पनि पछिल्ला वर्षहरुमा अप्रिल फूल मनाउँदै आइएको छ ।


0 comments:
Post a Comment