३५ दिनपछि अस्पतालबाट फर्किए नरहरि

By

काठमाडौं,चैत २ । कांग्रेस नेता नरहरि आचार्य सोमबार अस्पतालबाट डिस्चार्ज भएका छन् । २६ माघमा हृदयघात भएपछि बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएका आचार्यलाई अस्पतालले सोमबार डिस्चार्ज गरेको उनका स्वकीय सचिव ध्रुव खड्काले जानकारी दिए । लामो समयसम्म बोली नफुटेका आचार्य विस्तारै बोल्न सुरु गरेका छन् । तर, उनी हिँड्न नसक्ने खड्काले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments:

Post a Comment