किन हार्‍यो वेष्टइण्डिजसँग भारत ? हार्नुका ५ कारण

By

एजेन्सी,चैत १९ । ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि उचाल्ने भारतको सपना चकनाचुर भएको छ । विहीबार राति भएको खेलमा वेष्ट इण्डिजसँग ७ विकेटले हारेपछि भारतको सपना तुहिएको हो । जितको लागि १९३ रन पछ्याएको वेष्ट इण्डिजले मात्र ३ विकेटमा लक्ष्य हासिल गर्यो । वेष्ट इण्डिजका लागि लेन्डल सिमोन्स भाग्यमानी सावित भए । जसले ५१ बलमा ८२ रनको उत्कष्ट पारी खेले । उनले आफ्नो पालिमा भारत विरुद्ध ५ छक्का प्रहार गरे । यस्तै उनकै पारीमा दुई पल्ट ‘नो बल’ हुन पुग्यो । सिमोन्स बाहेक जोनसन चाल्र्सले ५२ रनको पारी खेले भने आन्द्रे रसेलले २० बलमा ४३ रनको पारी खेले । निकै आशा गरिएका क्रिस गेल मात्रै ५ रनमा आउट भएपछि र १९ रन मात्रै बनाउँदा २ विकेट गुमाएपछि वेष्टइण्डिज दबाबमा आएको थियो । दबाबकाबीच मैदान छिरेका जोनसन चाल्र्स र लेन्डल सिमोन्सले १०३ रनको साझेदारी गरेपछि संकट टरेको थियो । वेष्ट इण्डिजले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको भारतले मात्र २ विकेटमा १९२ रनको विशाल रन जोडेपछि खेल उसकै पक्षमा जाने अनुमान गरिएको थियो । तर वेष्ट इण्डिजले त्यो अनुमान व्यर्थ बनाईदियो ।
वेष्ट इण्डिजलाई १९३ रनको विशाल लक्ष्य दिएको भारतले के कारण हार्यो त ? विश्लेषकहरुको तर्क यस्तो छ :
* भारतका अजिन्का रहाणे र विराट कोहली ११ देखि १६ ओभरको बीचमा धर्मराए । उनीहरुले यो बीचको बलमा गतिलो प्रदर्शन गर्न सकेनन् । ११ देखि १६ ओभरको बीचमा भारतले ४७ रनको स्कोर बनाएको थियो । जबकी वेष्ट इण्डिजले ६७ रन बनाएको थियो ।
* २ विकेट गुमाएपछि विराट कोहली र कप्तान महेन्द्रसिंह धोनीले पारीको अन्यमा सर्ट लिएनन ।
* वेष्ट इण्डिजका सिमोन्सको पारीमा २ पटक भएको नो बल नै भारतलाई महंगो पर्न गयो ।
* टस हारेपछि भारत फिल्डिङमा पर्नु ।
* सिमोन्स र चाल्र्सको योगदान नै वेष्ट इण्डिजको लागि जित बन्यो भने भारतको लागि हार ।
unn.com.np

0 comments:

Post a Comment