एसएलसी परिक्षामा ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी

By

काठमाडौं,चैत १८ । यस वर्षको प्रवेशिका परिक्षा एसएलसी बिहान ८ बजेदेखि देशैभर सुरु भएको छ । परीक्षामा देशभरबाट कुल ६ लाख १५ हजार ५ सय ५३ जना परिक्षार्थी सामेल हुने परिक्षा नियन्त्रण कार्यालय, सानोठिमिले जनाएको छ । कूल परीक्षार्थी मध्ये नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ र पूरकतर्फ १ लाख ५९ हजार ४ सय १७ जना परिक्षार्थी रहेको परिक्षा नियन्त्रक कृष्ण प्रसाद काप्रिले जानकारी दिनुभयो ।

यसैगरि प्राविधिकतर्फ ३ हजार २ सय ५५ जना परिक्षार्थी सामेल हुँदैछन् । परिक्षाका लागी १ हजार ९ सय ४३ केन्द«को व्यवस्था गरिएको छ । आजदेखि सुरु हुने परिक्षा चैत्र २९ गतेसम्म सञ्चालन हुने र परिक्षाको नतिजा तीन महिनाभित्र प्रकाशित गरिसकिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । एसएलसी परिक्षालाई मर्यादित र शान्तिपूर्ण बनाउन विद्यार्थि, अभिभावक, शिक्षक र राजनीति दलका प्रतिनिधि लगायत सम्बद्ध सबैसँग परिक्षा नियन्त्रण कार्यालयले आग्रह समेत गरेको छ ।

0 comments:

Post a Comment