काठमाडौं,चैत १ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सय मत बदर भए । देशकै ठूलो पार्टी, त्यसमा पनि देशभरबाट छानिएर आएका प्रशिक्षित प्रतिनिधिहरुबाट भएको बदर मतको संख्याले एक खालको तरंग नै आयो । धेरैले मत बदर हुनुका कारणहरु बारे धेरै अड्कलबाजी गरे । आखिर सभापति लगायतको पदमा यतिधेरै मत कांग्रेसमा कसले बदर गरायो ?
आजको साँघु साप्ताहिक आफ्नो खबरको अगाडि लेख्छ – स्रोतका अनुसार यसरी मत बदर गराउनेमा जिल्लाबाट आएका प्रतिनिधिहरुदेखि नामको अगाडि डा. जोडिएका पूर्वमन्त्रीसमेत छन् । रोचक कुरा के छ भने डाक्टर उपाधि पाएका र धेरैपटक सरकारमा सामेल भएर अर्थमन्त्रालय चलाएका रामशरण महतले समेत मत बदर गराए । महतले जानीजानी मत बदर गराएका भने होइनन् । उनले मतदान गर्दा होस् गुमाएका कारण उनको मत बदर भएको हो । महतले आफूले बोकेको रातो कलमले नै टिक लगाउँदा सभापतिका लागि गरेको मत बदर हुन पुगेको थियो । महतले तत्कालै आफ्नो मत बदर भएको भन्दै मतदानस्थलमै खिन्नता प्रकट गरेका थिए ।


0 comments:
Post a Comment