हावाहुरीले कांग्रेस मतदान स्थलको टेन्ट उडायो, तीन घाइते

By

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको राष्ट्रिय सभागृह क्षेत्रमा ठूलो हावाहुरी चलेको छ ।

हावाहुरीका कारण टेन्ट नै उडाएको छ । मतपेटिकाहरुलाई प्रहरीलाई प्रहरीले सुरक्षा दिएको छ ।

मतदानका लागि टेन्ट टाँगेर बुथहरु बनाइएको थियो । मतदान अन्तिम चरणमा पुगेको बेला हावाहुरीले टेन्ट उडाएपछि मतदान प्रभावित भएको छ ।

हावाहुरीका कारण टेन्ट उठाउँदा र टेन्ट टाँगन बनाइको रडले लागेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा ओखलढुंगाकी सरिता राई, चितवनकी सृजना अधिकारी र सिराहाका राम यादव घाइते भएका छन् ।

-onlinekhabar

0 comments:

Post a Comment