कांग्रेस केन्द्रीय सदस्यको दलित कोटामा देउवा पक्षको वर्चश्व

By

काठमाडौं,फागुन २९ । कांग्रेस केन्द्रीय सदस्यको दलिततर्फ देउवा प्यानलमा ४ जना निर्वाचित लगभग पक्का भएको छ।   संस्थापन प्यानलबाट भने एक जना मात्र आउने भएका छन् । देउवा प्यानलका जीवन परियार, मानबहादुर विश्वकर्मा र मीन विश्वकर्मा निर्वाचित हुने लगभग पक्का भएको हो । ३ हजार मत गणना हुँदा पुरुषतर्फ रामचन्द्र पौडेल प्यानलका परियार अगाडि छन् । उनले १४१६ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका मानबहादुरले १३३३ र तेस्रो स्थानमा रहेका मीनले १२४६ मत पाएका छन् । मानबहादुर र मीन दुबै देउवा प्यानलका हुन् । महिलातर्फ भने  देउवा समूहको हाबी छ । लक्ष्मी परियारले १४ सय ७२ र सुजाता परियारले १४ सय ५१ मत ल्याएका छन्।अब १सय मत गन्न बाँकी छ ।

0 comments:

Post a Comment