काठमाडौं,चैत ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महाधिवेशन सकिएलगत्तै संसदीय दलको नेता छनोट गर्ने कार्यलाई अघि बढाउने भएको छ । शुसील कोइरालाको निधनसँगै रिक्त भएको संसदीय दलको नेतामा नवनिर्वाचित सभापति शेरबहादुर देउवाले नै दाबी गर्ने भएका हुन् । कंग्रेसभित्र सहमतिमा संसदीय दलको नेता छनोट हुने सम्भावना भने न्यून छ । यसअघि देउवा सुशील काेइरालासँग दलकाे नेतामा पराजित भएका आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
संसदीय दलको नेता नहुँदा कांग्रेसलाई प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न मात्र होइन संवैधानिक परिषद्को कामकारबाहीमा समेत प्रभाव परेको छ । कांग्रेस नेता पूर्णबहादुर खड्काका अनुसार ढिलोमा एक महिनाभित्र संसदीय दलको नेता चयनका साथै संसदीय दलको कार्यसमिति पनि गठन हुनेछ । दलकाे नेता प्रधानमन्त्रीकाे उम्मेदवारका रूपमा अघि बढ्छ ।


0 comments:
Post a Comment