सोल । नेपाल पत्रकार महासंघ कोरिया शाखाले सलनालमा आयोजना हुने सांगितिक कार्यक्रम सफल पार्न अपिल गरेको छ । कोरियाली नयाँ बर्षको शुभकामना दिंदै शाखाले परोपकारी कार्यका लागी हुन लागेका सबै सांगितिक क्रायक्रमलाई सहयोग गर्दै सफल पार्न अपिल गरेको हो । अध्यक्ष अशोक मैनाली द्वारा हस्ताक्षरित प्रेस बिज्ञेप्तीमा सबैलाई सामाजिक संघ संस्थाको कार्यलाई प्रोत्साहन गर्न र मनोरन्जन लिन अपिल गरिएको छ ।
त्यस्तै कार्यक्रम आयोजना गरेका संघ संस्था मध्ये ति संस्थाका प्रतिवद्ता ,बिगतका कार्यशैली र उदेश्यलाई मध्यनजर गरेर सहयोग गर्न अपिल गरिएको छ । विज्ञप्तीमा व्यक्तिगत वा व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर संस्थागत आयोजनामा भएका कार्यक्रमले परोपकारी कार्यमा राम्रो नतिजा दिन सक्ने कुरालाई सबै कोरियावबासी नेपालीहरूले आत्मसाथ गर्ने अपेक्षा रहको उलेख्ख छ । साथै महासंघले सांगितिक कार्यक्रमा पत्रकारहरूलाई प्रवेशको लागी संघ संस्थाले विगतमा व्यक्त गरेका प्रतिवद्रता अनुसार सहज वातावरण उपलब्ध हुने अपेक्षा राखेको उलेख गर्दै समन्वयको लागी आवश्यक परे महांसघले सहयोग गर्ने बताईएको छ ।
विज्ञप्तीमा कोरियाली नयां बर्ष सलनालको सबै कोरियाबासी नेपालीहरूलाई शुभकामना पनि व्यक्त गर्दै दोंदेमुन लगायतका क्षेत्रमा सभ्य तरिकाले हिडडुल गरेर नेपाल र नेपालीको ईज्वतमा दाग नलाग्ने कार्य गर्न पनि सबैमा अपिल गरेको छ ।


0 comments:
Post a Comment