अज्ञात व्यक्तिले गोली प्रहारवाट एक जनाको ज्यान गयो

By

रुपन्देही,माघ २० । अपरिचित व्यक्तिले गोली प्रहार गर्दा गम्भीर घाइते भएका सैनामैना नगरपालिका–१० शान्तिटोल बस्ने ३४ बर्षीय खगेश्वर काफ्लेको मृत्यु भएको छ । मंगलबार राति आफ्नै घरमा बसिरहेको अवस्थामा नम्बर नखुलेको कालो पल्सर मोटरसाइकलमा आएका २ जना अपरिचित ब्यक्तिले छातीमा १ राउण्ड गोली प्रहार गर्दा गम्भीर घाइते भएका काप्mलेलाई उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनास्थलमा मधेशी मुक्ति टाईगर लेखेको पर्चा ४ थान र १ वटा गोलीको खोका फेला परेको थियो । गोली प्रहार गर्ने व्यक्तिको प्रहरीले खोजतलास गरिरहेको छ भने घटनाको सोधपुछको लागी एकजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

0 comments:

Post a Comment