पौडेल र देउवाले कोषध्यक्ष नै भेटेनन्

By

काठमाडौं,फागुन १८ । नेपाली कांग्रेसका कार्यवहाक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्ना प्यानबाट कोषध्यक्षको टुंगो अझै लगाउन सकेका छैनन् । निकट नेताहरुलाई मिलाएर उम्मेदवारी घोषणाको कसरतमा जुटेका पौडेल र देउवा सोमबार पनि कोषाध्यक्षबारे टुंगोमा पुग्न सकेनन् । सोमबारको आन्तरिक छपलफलपछि दुवै समूह कोषाध्यक्षमा मधेसीरमहिला नै अघि सार्ने निष्कर्षमा भने पुगेका छन् ।

महामन्त्री कृष्णप्रसाद सिटौला र नेत्री सुजाता कोइरालालाई फकाएर मंगलबार प्यानल घोषणा गर्ने गृहकार्यमा रहेको संस्थापन पक्ष कोषध्यक्ष छान्न साँझ शशांक कोइराला निवासमा भेला भएको थियो । नेता पदमनारायण चौधरी, फर्मुल्ला मन्सुरसहितका नेताले कोषध्यक्षमा दाबी गरेपछि संस्थापनको बैठक बिनानिष्कर्ष टुंगियो । महिला मधेसीबाट नै कोषध्यक्षमा उठाउने तयारी भएपनि कसलाई अघि बढाउने टुंगो लाग्न बाँकी रहेको कन्द्रीय सदस्य गुरुराज घिमिरेले बताए ।आजको नागरिक दैनिकमा खबर छ ।

0 comments:

Post a Comment