एजेन्सी । रणवीर कपूरसँगको ब्रेकअपपछि कट्रिना कैफ डिप्रेशनको शिकार भएकी छिन् । उनि अहिलो १२-१३ घण्टासम्म सुत्ने गरेको बताइएको छ । कुनै बेला व्यस्तताका कारण निकै कम सुत्ने उनी अहिले भने यति लामो समय सुत्ने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मनोवैज्ञानिकहरूले यसलाई ‘पोष्ट ब्रेकअप इफेक्ट’ भनेका छन् । यसमा मानिस आफ्नो विचारबाट टाढा भाग्न चाहन्छ र आवश्यकताभन्दा बढी सुत्ने उनीहरूको भनाइ छ । गत वर्ष दीपिका पादुकोण पनि कामको भारका कारण डिप्रेशनमा परेकी थिइन् । पछि उनले एक संस्था निर्माण गरेर सकारात्मक बाटो रोजेकी थिइन् ।


0 comments:
Post a Comment