काठमाडौं कांग्रेसमा त्रिपक्षीय भिडन्त,संस्थापन पक्षकै दुई प्यानल

By

काठमाडौं,माघ २५ । नेपाली कांग्रेस काठमाडौ जिल्ला सभापतिलाई त्रिपक्षिय भिडन्त हुने भएको छ । संस्थापन पक्षले नै दुईवटा प्यानल खडा गरेपछि त्रिपक्षिय भिडन्त हुने पक्का भएको हो । वरिष्ठ नेता देउवा पक्षले पनि एक्लै प्यानल बनाएर प्रतिस्पर्धा गर्ने भएको छ । संस्थापन पक्षमा महामन्त्री प्रकाशमान सिंह र नेता नरहरि आचार्य-गगन थापाको संयुक्त प्यानल छुट्टाछुट्टै प्यानलमा भिडन्त गर्न लागेका छन्। देउवा पक्षले भने नरोत्तम वैधको नेतृत्वमा प्यानल बनाएर प्रतिस्पर्धा गर्न लागेको छ ।

महामन्त्री प्रकाशमान सिंहको गृह जिल्लाको सभापतिका लागि सिंहको समर्थन बानियालाई रहेको छ भने संस्थापन पक्षकै वर्तमान सभापति एव्ं सांसद प्रधान पनि बलिया उम्मेदवारका रुपमा रहेका छन्।
पार्टीको १२औं अधिवेशनमा पार्टी सभापति सुशील कोइरालासँगै वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको समेत मतले सिंहले अघि सारेका उम्मेदवार राजेन्द्र कुमार केसीलाई पराजित गर्दै प्रधान सभापति बनेका थिए। दोश्रो चरणसम्म पुगेको मतदानमा महामन्त्री प्रकाशमान सिंह प्यानलका राजन केसीले देस्रो चरणमा पराजित भएका थिए।

यस्तै प्रकाशमान समुहबाट उम्मेद्वारी दिएका बानियाँ २०४८ सालपछि सक्रिय राजनीतिमा अएका हुन् भने देउवा पक्षका वैद्य पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष हुन्। कांग्रेस काठमाडौका सभापतिका उम्मेद्वारहरुले १० निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरुलाई आफ्नो शक्तिका रुपमा प्रचार गरिरहेका छन्। भिमशेनदास प्रधानले आफ्नो पक्षमा १० मध्ये ६ क्षेत्रीय सभापतिको समर्थन रहेको दावी गरेका छन् भने सबुज बानियाँले आफ्नो पक्षमा क्षेत्र नं १ का सभापति प्रकाश राणा क्षेत्र नं ३ का सन्तोष चालिसे, क्षेत्र नं ४ का राजु श्रेष्ठ, ५ का रमेश खड्का ७ मुकुन्द रिजाल, ८ का जुध्दरत्न बज्राचार्य, ९ का जयकृष्ण महर्जन र १० का पुकार महर्जनको तथा नेबिसंघ जिल्ला सभापति मनोज वैद्य, तरुण दल सभापति गोकर्ण केसी, महिला संघ सभापति विष्णुदेवी पुडासैनीको समर्थन रहेको दावी गरेका छन्। तर उनले दावी गरेका क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठ विहान चाक्सीबारीमा बानियाँ प्यानलको घोषणामा र बेलुका वैद्य प्यालनको घोषण दुबैमा पुगेर समर्थन जनाएका थिए। नेतृत्व चयनका लागि मंगलबार मतदान हुनेछ।

0 comments:

Post a Comment