काठमाडौ,फागुन ८ । मधेसी मोर्चाका शिर्ष नेताहरुका कारण मधेस आन्दोलन अधिकार प्राप्त नगरी समाप्त भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । शनिबार काठमाडौँको संवाद डबलीमा मधेसी जनता पार्टीको बुद्धिजीबि विभागले आयोजना गरेको ‘संविधान संशोधनले मधेसीको अधिकार सुनिश्चितता, सम्भावना र विकल्प’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले सो कुरा बताए हुन् ।
देशभक्त संघीय जनवादी मोर्चाका अध्यक्ष तिलक परियारले भारतको सहयोगमा मधेसी जनताले अधिकार पाउँछन् भन्ने भ्रम छरेको भन्दै अधिकार मधेसीकै बलबुताले पाउने बताए । ‘स्वाघोषित शिर्ष नेता बनेकाहरुबाटै मधेस आन्दोलन सफलतामा पुग्न सकेको
छैन’ अध्यक्ष परियारले भने । अधिकारको लागि लड्नेहरु कहिलै राष्ट्रघाती र विखण्डनकारी नहुँने भन्दै परियारले ‘नेपालमा ढाका टोपी र दौरा–सुरुवाल लगाउनेहरुबाटै राष्ट्रघात भएको छ, धोती लगाउँनेहरुले अहिलेसम्म राष्ट्रघात गरेका छैनन’ भने । उनले अहिलेका मधेसी मोर्चाका नेताहरुबाट भने खतरा रहेको बताए ।
पूर्वमन्त्री तथा नेकपा संयुक्तका अध्यक्ष गणेश साहले तीन पार्टीले मधेसीसँग छलफल नै गरी संविधान संशोधन गरेकाले समस्या समाधन नहुँने बताए । ‘शासक आन्दोलनकारीलाई अधिकार दिने भन्दापनि फुटाएर असफल बनाउँन लाग्छ अहिलेपनि फुटाएर आन्दोलन असफल बनाइएको छ’ साहले भने । उत्पीडित वर्ग र क्षेत्रले पाएको अधिकारमाथि हस्तक्षेप भइरहेको भन्दै सबैले एकजुट भएर
आन्दोलन गर्नुपर्ने अध्यक्ष साहले बताए ।
कार्यक्रममा मधेसी जनता पार्टीका अध्यक्ष महेश साह कलवारले मधेसी जनताको
अधिकार सुनिश्चित नगरेकाले पुर्नलेखन नभएसम्म संविधान नमान्न नसकिने बताए
। उनले जनताका छोराछोरीलाई सहीद बनाएर मन्त्री बन्ने स्वार्थी मधेसी
मोर्चाका शिर्ष नेताका आन्दोलन असफल भएको बताए । ‘मधेसी मोर्चाका नेता र
प्रधानमन्त्री ओलीबीच दुई जनालाई उपप्रधानमन्त्री बनाउनु सहमति भएपछि
आन्दोलनलाई तुवाइयो’ कलवारले भने ।
उनले मधेसी जनताको अधिकार सुनिश्चित गर्न काठमाडौँ केन्द्रित कार्यक्रम
गर्नुपर्ने बताउँदै अधिकारको लागि लडिरहेका सबैसँग मोर्चा बनाउनु पर्ने
बताए । ‘भारतसँग रोटी र बेटीको सम्बन्ध भन्छन् तर म मान्दैन, भारत
मधेसीको अधिकारभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्न हामीसँग नजिक हुन्छ र
पूरा भएपछि जान्छ’ साहले भने ।
कार्यक्रममा डा। रामेश्वर सिंहले विखण्डनबाट मधेसको विकास नहँुने बताउँदै
मधेसी विखण्डनको पक्षमा नरहेको बताए ।
कालोबजारीयालाई फाइदा पुग्ने गरी भारतले गरेको नाकाबन्दीले सबैभन्दा बढि
मार मधेसीलाई परेको सिंहले विचार व्यक्त गरे । उनले अधिकार नपाएसम्म
आन्दोलन जारी राख्नु पर्ने बताए । प्रा।डा। निरन्जन झाले संविधान संशोधन
हात्तिको देखाउँने दात मात्र भएको भन्दै मधेसको समस्या समाधान नभएको बताए
। त्यस्तै मोहमद अलीले मधेसी जनता नेपाली नागरिक भएपनि मधेसमा आगो लाग्दा
र मानिस मर्दा समेत काठमाडौँले कुनै मतलब नराखेको बताए ।
सोही कार्यक्रममा मधेसी बुद्धिजीवि ओलोक तिवारीले मधेसलाई राज्यले हेर्ने
दृष्टिकोणमा खोट भएकाले समस्या समाधान हुँन नसकेको बताए । मधेसी युथ
थिङ्कका अध्यक्ष डा।विनय पञ्जियारले मधेसी मोर्चाको स्वार्थ पूरा गर्ने
भनेपछि मधेस आन्लोलन असफल भएको बताए । उनले मधेसी युवाहरुले अबको
आन्दोलनको नेतृत्व गर्नुपर्ने बताए । प्रा।आर ए यादवले अधिकार पाप्तिको
लागि भन्दै मधेसी जनताले गोली खाने तर अधिकार नपाउँने विगत अहिलेपनि
दोहरिएको बताउँदै मधेसी युवाहरुले अबको आन्दोलनको नेतृत्व गर्नुपर्ने
बताए ।
अभिबक्ता रोषन झाले मधेसी मोर्चाले मधेसी जनतालाई धोका दिएको भन्दै नयाँ
शक्ति नआएसम्म मधेसीको अधिकार सुनिश्चित नहुँने बताए ।
मधेसी जनता पार्टीको बुद्धिजीवि विभागको संयोजक सियाराम साहले पटकपटक
असफल भएको मधेस आन्दोलनको आफूहरुले नेतृत्व गर्ने बताए ।


0 comments:
Post a Comment