काठमाडौं,माघ २७ । यू-१९ विश्वकप क्रिकेटमा नेपालले सातौं स्थानका लागि नेपाल र नामिबियाबीच भिडन्त हुने भएको छ । सुपरलिगको प्ले अफ अन्तर्गत बुधबारको खेलमा नामिबिया ईंग्ल्याण्डसँग २०३ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपालसँगको भिडन्त तय भएको हो। यी दुई देश बीचको खेल भोली हुनेछ
ईंग्ल्याण्ड र पाकिस्तानले अब पाँचौ स्थानका लागि खेल्नेछन्। सन् २०१८ को १९ वर्षमुनिको विश्वकपमा सोझै छनौट हुन नेपालले नामिबियालाई हराउनु पर्नेछ । एशोसिएट राष्ट्रमध्ये उत्कृष्ट टिमले आगामी विश्वकप सोझै खेल्न पाउने आइसिसीको नयाँ नियम अनुसार नेपाल र नामिबियाबिचको खेल महत्वपूर्ण रहेको छ ।


0 comments:
Post a Comment