काठमाडौं,फागुन ५ । ज्यान हेर्दा फुर्तिलै छ, महन्थ ठाकुर र राजेन्द्र महतोको जस्तो उमेर पनि ढल्किहालेको हैन, शारीरिक उपचार भनौं कुन अस्पतालमा झुल्किएए त्यसको जानकारी छैन, राजनीतिक परामर्श मानौं क–कसलाई भेटे व्यहोरा कतै सार्वजनिक भएको पनि छैन । २५ दिनदेखि सिके राउत दिल्लीतिरै व्यस्त छन् । तर, उनको सक्रियता केका लागि हो खुल्न सकेको छैन । एकातिर उनी दिल्लीतिर भएकै बेला प्रधानमन्त्रीको भारत भ्रमण सुरु हुनु, अर्कोतिर तराईका केही जिल्लामा अनुयायीहरु गुपचुप प्रशिक्षणमा व्यस्त हुनु अचम्मको संयोग देख्न पाइएको छ ।
यस अघि मधेसी मोर्चाको आन्दोलनमा सिकेका कार्यकर्ताहरु मिसिएका हुन्थे तर, अहिले रुपन्देही, कपिलवस्तु, नवलपरासी, सिरहा, सप्तरीमा तालिम चलाउँदैछन् । प्रशिक्षक र स्वंयसेवक तयार पार्दैछन् । चन्दा संकलन पनि जारी छ । ठूला सभा कतै आयोजना गरिएका छैनन् । यसकारण खर्च पनि ठूलो छैन । छापामार शैलीमा २५/३० जना स्थानीयलाई भेला गर्यो आजाद मधेसको पक्षमा भाषण ठोक्यो र बाटो लाग्यो । यसैगरी गतिविधि अघि बढेको छ । राजेन्द्र महतोको सद्भावनाबाट गएका कैलाश महतोले यी सबै गतिविधिको अगुवाई गरको बताइन्छ । अाजकाे अनअास्थामा खबर छ ।


0 comments:
Post a Comment