ललितपुर, फागुन १० । ललितपुरको एकान्तकुनास्थित यातायत कार्यालयमा सोमवार प्रहरीले छापा मारेको छ । एकान्तकुना र ताल्छिखेलमा प्रहरीले छापा मारेर ३ महिलासहित २७ जनालाई पक्राउ गरिएको एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए । कार्यालयको कागजात तथा ढड्डा यातायात कर्मचारीकै मिलेमतोमा दलालहरुले बाहिर ल्याएको अवस्थामा प्रहरीले ढड्डासहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले केही मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई ललितपुर प्रहरी परिसरमा राखिएको छ । कर्मचारीले काममा ढिलासुस्ती गर्ने र दलालहरुको मिलेमतोका भ्रष्टाचार गर्ने गरेको उजुरीका आधारमा प्रहरीले छापामा मारेको हो ।


0 comments:
Post a Comment