गुवाहटी,माघ २४ । १२औं दक्षिण एसियाली साग खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । दुई साताअघि बंगलादेशमा बंगबन्धु गोल्ड कपको उपाधि जितेको नेपाली टोली फेरि अर्को उपाधि जित्ने लक्ष्यसहित नेपाल भुटानविरुद्ध उत्रदैछ । खेल गुवाहाटीस्थित नेहरु रंगशालामा दिउसो सवा दुई बजेपछि हुनेछ । भुटानलाई पराजित गर्न सके नेपाल समूह बीबाट सेमिफाइनलमा पुग्नेछ ।
त्यसकारण पनि नेपालका लागि भुटानसँगको खेल महत्वपूर्ण छ । नेपाली टोलीमा अधिकांश यु–१९ का खेलाडीरुको बाहुल्यता छ । यसका साथै बंगबन्धु गोल्डकपका सर्वोत्कृष्ट खेलाडी नवयुग श्रेष्ठको साथ पनि टोलीमा छ । यस्तै अनुभवी खेलाडी तथा कप्ता विराज महर्जन, विक्रम लामा र जगजित श्रेष्ठको साथ पनि टोलीलाई रहनेछ । नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल ११ तारिखमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।


0 comments:
Post a Comment