काठमाडौं,फागुन १० । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गठबन्धन सरकारमा उपप्रधान तथा गरिवि निवारण र सहकारी मन्त्री छन् । जुन संविधानलाई टेकेर उनी मन्त्री बनेका छन्, उनको दलले भने त्यही संविधानमा व्यवस्था भएको संघीयताविरुद्द आन्दोलन गरेको छ ।
गठबन्धन सरकारको साझेदार दल राष्ट्रिय जनमोर्चा (राजमो) ले नयाँ संविधानले अंगिकार गरेको संघीय राज्य प्रणाली खारेजीको माग गर्दै देशव्यापी जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । राजमोले संघीयताबाहेकका संविधानका अन्य व्यवस्थाको कार्यान्वयनमा सक्रिय हुने निर्णय गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।


0 comments:
Post a Comment