शुक्रबारदेखि सबै पेट्रोल पम्पलाई डिजेल र पेट्रोल दिने

By

काठमाडौं,माघ २८ । नेपाल आयल निगमले काठमाडौंमा शुक्रबारदेखि सबै पेट्रोल पम्पलाई डिजेल र पेट्रोल दिने भएको छ । वीरगञ्ज नाका खुलेपछि बिहीबार आपूर्ति मन्त्रालयमा बसेको सरोकारवालाहरुको बैठक उक्त निर्णय गरेको हो । सबै नाकाबाट पेट्रोलियम पदार्थको आपूर्ति बढेकाले डिजेल र पेट्रोल पहिलेकै अवस्थामा वितरण गर्न लागिएको निगमले जनाएको छ ।

निगमले शुक्रवारदेखि दैनिक साढे ३ लाख लिटर पेट्रोल र साढे चार लाख लिटर डिजेल काठमाडौं उपत्यकाका सबै पेट्रोलपम्पहरुबाट वितरण गर्न लागेको हो । निगमका अनुसार अनुसार मोटरसाइकल र स्कूटरहरुलाई एकपटकमा भने ५ लिटरभन्दा बढी पेट्रोल दिइने छैन । यसैगरी चारपांग्रे गाडीहरुले एकपटकमा १५ लिटरभन्दा बढी पाउने छैनन् । यसअघि विभिन्न नाका बन्द भएर पेट्रोलियम पदार्थको आयात कम भएपछि काठमाडौंमा मागको आधाभन्दा कम मात्रै पेट्रोलियम पदार्थ वितरण हुँदै आएको थियो ।

0 comments:

Post a Comment