महाधिबेशन प्रतिनीधिको भोजन : बासमतीको भात, खसीको मासु, गाँजरको हलुवा र आइसक्रिम

By

काठमाडौं,फागुन १६ । महाधिबेशन अबधिभर प्रतिनीधिले फरक–फरक प्रकार र फरक–फरक स्वादको खाना खान पाउने भएका छन् । महाधिबेशन तयारी गर्न गठित आवास समितिले महाधिबेशनमा आउने महाधिबेशन प्रतिनीधिको लागि खुवाउने मेन्यु समेत तयार गरेको छ । विहान र बेलुका उनीहरुको खाना पनि फरक–फरक छ । खाजाको पनि फरक–फरक छ । कांग्रेसको १३औं महाधिबेशनमा भाग लिन आउने प्रतिनीधिलाई बासमती चामलको भात खुवाइने भएको छ । मेन्युमा खसीको मासु, कुखुराको मासु, अण्डा, गाँजरको हलुवा र जारको पानी खुवाइने उल्लेख छ ।

आवास समितिले प्रतिनीधिलाई आरती र बासमतिको चामल खुवाउने मेन्यु बनाएको हो । प्रतिनीधिले महाधिबेशन अबधिभर फागुन २० देखि २३ गते सम्म विहान र बेलुका लञ्च र डिनर गर्ने भएका छन । लञ्च र डिनरमा उनीहरुले मखनी, पहेलो र कालो रंगको दाल, भारतीय ब्रेडनान, मौसमी तरकारी, साग, अचार र सलाद पाउनेछन् । यसैगरी उनीहरुले खसीको मासु, कुखुराको मासु र दुई दिन माछा पनि खुवाइने भएको छ । लञ्च र डिनरपछि प्रतिनीधिले स्वीइट दही, जिलेबी, लाल मोहन, गाजरको हलुवा र आइसक्रिम खाने छन । आवास समितिले तयार गरेको मेन्युमा प्रतिनीधिले महाधिबेशन शुरु भएको पहिलो दिन खाजामा पुरी, तरकारी, जिलेबी, चिया र अण्डा खाने छन ।

दोश्रो दिन उनीहरुले छोला, भटौरा, उसिनेको अण्डा र चिया खाने छन । तेश्रो दिन उनीहरुले जाम सहितको ब्रेड, चना मसला, उसिनेको अण्डा र चिया खाने छन । महाधिबेशनको अन्तिम दिन चौथो दिन भने उनीहरुले पुरी, आलुको मटर, सुजिको हलुवा, चिया र अण्डा खाने छन । २० देखि २४ फागुनसम्म काठमाडौंमा हुने १३आंै महाधिबेशनका उद्घाटन खुल्ला मञ्चमा हुने छ भने बन्द सत्र भृकटीमण्डमा हुने छ । महाधिबेशनमा देशभर र देशबाहिरबाट करिव ३ हजार ५ सय प्रतिनीधि सहभागी हुने छन । उनीहरुलाई आवास तथा भोजन समितिले फागुन २० गते विहान देखि फागुन २४ गते विहान सम्म आवास समितिले खाना र खाजा खु्वाउने तयारी गरेको हो ।

यसको लागि अर्थ समितिले आवास समितिलाई एक करोड ११ लाख रुपैयाँ वजेट छुट्टयाएको छ । प्रतिनीधिलाई कार्यक्रम स्थलमा जारको पानीको उपलब्ध गराइनेछ । खाना खाने ठाउमा पनि जारको पानी उपलब्ध गराइनेछ । आवास समितिले तयार गरेको मेनुमा तालिम प्राप्त कर्मचारीले प्रतिनीधिलाई खुवाइने खाना तयार गर्ने छन । यसैगरी तालिम प्राप्त कर्मचारीले नै उनीहरुलाई सेवा दिने छन । बलबहादुर केसीको संयाजकत्वमा आवास तथा भोजन निर्माण समिति गठन गरिएको छ । उक्त समितिको केही दिन अघि बसेको बैठकले प्रतिनीधिलाई खुवाउने मेन्यु तयार गरेको हो ।
-www.ratopati.com

0 comments:

Post a Comment